मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘नारायणहिटीमा रेस्टुरेन्ट चलाउन रोकेर राम्राे गर्नुभाे’ भन्दै प्रधानमन्त्रीले दिए धन्यवाद

news24nepal.tv · Thu Jan 06 04:07:09 GMT 2022

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालय परिसरमा निजी व्यवसायीलाई भाडामा दिएर रेस्टुरेन्ट व्यवसाय चलाउन खोज्दा पर्यटनमन्त्री प्रेम आलेले रोक लगाएका छन् । मन्त्री आलेले राम्रो गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यवाद दिएका छन् ।

ऐतिहासिक महत्वको दरबार संग्रहालयभित्रै व्यवसाय चलाउने तयारी भइरहेको समाचार बाहिरिएपछि सर्वत्र आलोचना भएको थियो । पूर्ववर्ती सरकारमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा उक्त जग्गा भाडामा दिने सम्झौता भएको थियो । तर यो थाहा पाएपछि वर्तमान पर्यटन मन्त्री आलेले उक्त निर्णय कार्यान्वयन गर्न रोक लगाएपछि प्रधानमन्त्री देउवाले धन्यवाद दिएकाे मन्त्री आलेले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)