अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अजुर्न कुमालको पहिलो अर्धशतक
ratopati.com · Sat Oct 17 11:10:36 GMT 2026
काठमाडौँ । नेपाली क्रिकेट टोलीका ओपनर ब्याटर अर्जुन कुमालले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार क्यानडासँगको खेलमा नेपालका लागि ओपनिङ ब्याटिङमा उत्रिएका अर्जुनले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय करियरमा पहिलो पटक ५० रनको आँकडा पार गरेका हुन् । उनले ७४ बलमा दुई चौकासहित ५१ रन बनाएर खेलिरहेका छन् । अजुर्नले आफ्नो अन्तर्राष्ट्रिय एकदिवसीय सातौं खेलमा अर्धशतक बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)