एम्बापेको उत्कृष्ट प्रदर्शनले फ्रान्स क्वार्टरफाइनलमा
hamrakura.com · Sun Dec 04 00:00:00 GMT 2022
काठमाडौं। कतारमा जारी पुरुष विश्वकप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन फ्रान्स क्वार्टरफाइनल प्रवेश गरेको छ। फ्रान्सले पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो।
खेलको पहिलो हाफमा फ्रान्सले गोल गर्ने थुप्रै राम्रा अवसरहरू सृजना गरे पनि गोल गर्ने सकेको थीएन। पहिलो हाफकै ४४औंमिनेटमा फ्रान्सका लागि ओलिभर जिरुले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। उनले एम्बापेको असिस्टमा गोल गरेका थिए। जिरुको उक्त गोल देशका लागि ५२औं गोल थियो। उनी फ्रान्सका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)