मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

प्रज्ञामा रमाउने पराजुली

nagariknews.nagariknetwork.com · Fri Apr 18 23:32:28 GMT 2025

‘छवि बनाउन निकै मिहिनेत चाहिन्छ, त्यसलाई जोगाउन उत्तिकै होस पु¥याउनुपर्छ। पहिले पहिले राम्रो लेख्ने भनेर दरिएका लेखकले त्यही स्तरलाई कायम राख्न नसकेर धेरै जना बेखबर छन्। लेख्दा विचार पु¥याएर लेख्नुपर्छ है भाइ’ भन्थे गोपाल दाइ। बालसाहित्यकार गोपाल पराजुली अब स्मृतिमा मात्र रहन पुगे।

पराजुलीको व्यक्तित्व र कृतित्व सन्दर्भमा कैयौं लेखकद्वारा यथेष्ट लेखिएको पाइन्छ। यद्यपि लेख्न र पर्गेल्न अझै बाँकी छ, बाँकी नै रहन्छ। २००२ सालमा काभ्रेपलान्चोकमा जन्मेका गोपाल पराजुलीले सानै उमेरदेखि संघर्षका दिन बिताए। स्कुलमा पढ्दापढ्दै शिक्षकको जागिर खाए। स्कुले किशोर उमेरमै महात्मा गान्धीको जीवनी पढेर ख्यातिप्राप्त व्यक्तिहरूको जीवनी लेख्न प्रेरित भए। पराजुलीले जनक शिक्षा सामग्री केन्द्र, मन्त्रीपरिषद्लगायत स्थानमा लामो समय सेवा गरे। उनले जागिरकै क्रममा पनि आफ्नो कलमलाई झन्झन् परिष्कृत बनाउँदै ल्याए। उनका दुई दर्जनभन्दा बढी प्रकाशित कृतिमध्ये अधिकांश जीवनीमूलक विधाका रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)