फूलपातीका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
hamrakura.com · Sat Oct 17 00:00:00 GMT 2026

काठमाडौँ। दुर्गापक्षको सातौँ दिन अर्थात् फूलपातीका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति र लामो लाम लागेको छ। सामान्यतया शनिबार देवी मन्दिरहरूमा भीड हुने गरेसमा दसैँको विशेष दिन परेकाले दर्शनार्थीहरूको उपस्थिति थप उल्लेख्य बनेको हो।
राजधानीका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, दक्षिणकाली, बङ्गलामुखी, टोखा चण्डेश्वरीलगायतका शक्तिपीठहरूलाई आकर्षक रूपमा सजाइएको छ। यस्तै उपत्यका बाहिरका पाथीभरा, छिन्नमस्ता, पलाञ्चोक, मनकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, शैलेश्वरी तथा उग्रतारा जस्ता प्रसिद्ध देवी मन्दिरहरूमा पनि बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ। शारदीय नवरात्रमा शक्तिपीठहरूको दर्शन तथा पूजा-आराधना गर्नाले मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने धार्मिक विश्वास छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)