मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एकदिवसीय विश्वकप छनोट अघिका अभ्यास खेलमा नेपालको लगातार तेस्रो हार : भोलि ओमानसँग खेल्ने

Ujyaaloonline.com · Wed Jun 14 00:38:28 GMT 2023

आईसीसी एकदिवसीय विश्व कप छनोटअघिका अभ्यास खेलमा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ । यूएईसँग ३ विकेटले पराजित नेपालको अभ्यास खेलमा यो लगातार तेस्रो हार हो ।

नेपालले दिएको २ सय ७७ रनको लक्ष्य यूएईले ४९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । जिम्बावेको हरारेमा हिजो भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर ५ बलमा २ सय ७६ रन बनाउँदा अलआउट भयो । अब नेपालले अन्तिम अभ्यास खेलमा भोलि ओमानसँग खेल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)