मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

वर्षा गराउने पश्चिमी वायु पुनः सक्रिय

nayapatrikadaily.com · Sun Feb 04 00:36:00 GMT 2024

हिउँदे वर्षा गराउने जलवाष्पयुक्त हावा बोकेको पश्चिमी वायु पुनः सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रवेशसँगै शनिबार साँझदेखि चिसो हावा चल्न थालेको र आइतबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना छ ।

आइतबार देशैभर बदली भए पनि सुदूरपश्चिम र कर्णालीका धेरै क्षेत्रमा वर्षा हुने महाशाखाको प्रक्षेपण छ । त्यस्तै, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा तथा बागमतीका थोरै स्थान र बाँकी क्षेत्रको पहाडी भागमा छिटपुट वर्षाको सम्भावना छ । ‘काठमाडौं उपत्यकामा बादल लागेर छिटफुट वर्षासम्म हुन सक्छ, ठूलो वर्षाको सम्भावना भने छैन,’ मौसमविद् गोविन्द झाले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)