२९ वर्षमा विमानस्थल बन्यो, तर चलेन
annapurnapost.com · Sat Mar 09 01:15:05 GMT 2024
लगभग ३० वर्षअघि ठूलो भूगोल, कठिन जनजीवन र छरिएको बस्ती भएकै कारण राज्यले एयरपोर्ट बनाउन अनुमति दियो। बन्यो पनि। तर, जहाज आएन। स्थानीय भन्छन्, ‘जहाजको आसमा उबेलाको कसिलो छाला चाउरी परिसक्यो। कपाल फुलेर सेतै भइसक्यो। कति गाउँले जहाज नदेखि बितिसके। खै कहिले देख्न पाइएला ?’
डोल्पा : डोल्पा त्रिपुरासुन्दरी–७ का भक्तिलाल बोहोरा उमेरले ६० वर्ष लागे। वृद्ध उमेरका उनलाई एउटै कुराले पिरोलेको छ। आफू तीसवर्षे लक्का जवान हुँदा निर्माण सुरु भएको एयरपोर्टमा जहाज अझै आएको छैन। घरमुनिको ग्राउन्डमा जहाज आएको देख्ने उनको अब एउटै धोको छ। तीन वर्षअघि निर्माण कार्य सम्पन्न भएको एयरपोर्ट अझै जहाज नआएको उनले गुनासो गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)