अब ‘हेभिवेट’ भिडन्त
ekantipur.com · Fri Dec 16 01:24:20 GMT 2022
दोहा — फ्रान्सले विश्वकप फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । यो हुनेछ केलियन एमबाप्पेको लियोनल मेसीसँगको भिडन्त पनि । डिफेन्डिङ च्याम्पियन फ्रान्सले बुधबार ‘अन्डर डग’ मोरक्कोलाई २–० ले हराएपछि फाइनलमा दुई ठूला टिमबीच हेभिवेट भिडन्त हुन लागेको हो । यसैक्रममा फ्रान्ससामु ६० वर्षयता पहिलोपल्ट लगातार विश्वकप जित्ने टिम हुने अवसर छ ।
सेमिफाइनलमा फ्रान्सको जितमा थिओ हर्नान्डेज र वैकल्पिक खेलाडी रान्डल कोलो मुवानीले गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)