कर्ण थापाको प्रश्न : अनि माधव नेपालहरुलाई चाहीँ हामीले एमालेको नेता मान्नुपर्ने ? (भिडिओसहित)
reportersnepal.com · Sat Jul 03 17:31:53 GMT 2021
काठमाडौं, १९ असार । नेकपा (एमाले) का प्रभवशाली नेता तथा पूर्वमन्त्री कर्ण बहादुर थापाले एमाले कुनैपनि हालतमा नफुट्ने दाबी गरेका छन् । उनले माधव नेपाल पक्षसँग ४० प्रतिशत नभएकोले पार्टी नफुट्ने दाबी गरेका हुन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाउने दाबी गरे ।
उनले अदालतले संविधानअनुसार फैसला गर्ने र जसले जे माग गर्यो, त्यस्तै फैसला अदालतले नदिने दाबी गरे । उनले राजा आउँछ भनेर मुख नमिठ्याउन पनि आग्रह गरे । उनले जनताबाट नयाँ म्याण्डेट ल्याएर भएपनि एमालेले देशको नेतृत्व गर्ने घोषणा गरे । माधव नेपाल पक्षले भनेका सबै माग पूरा भएको उनको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)