साइबर ब्युरोमा छलफलपछि घर फर्किए किशोर श्रेष्ठ, हिमेश पन्त प्रेस काउन्सिल जाने
nagariknews.nagariknetwork.com · Sat Oct 17 12:55:42 GMT 2026

जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठ नेपाल प्रहरीको साइबर ब्युरोमा भएको छलफलपछि घर फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तसँग समाचारको विषयलाई लिएर भएको छलफलपछि श्रेष्ठ घर फर्किएका हुन् ।
प्रकाशित समाचारमा रास्वपा नेता पन्तको परिवारले धादिङको थाक्रे गाउँपालिका–१० का तिलकप्रसाद बिडारीको ४.५ रोपनी जग्गा हडपेको आरोप उल्लेख गरिएको थियो । उक्त समाचारप्रति आपत्ति जनाउँदै पन्तले साइबर ब्युरोमा निवेदन दिएका थिए । त्यसपछि श्रेष्ठले पनि सामाजिक सञ्जालमा पन्तले आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर निवेदन दिएका थिए । दुवै पक्षका निवेदनमाथि छलफल गर्न प्रहरीले बोलाएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)