तीन घण्टाको छलफलपछि पत्रकार किशोर श्रेष्ठ रिहा, प्रेस काउन्सिलमा जाने सहमति
kendrabindu.com · Sat Oct 17 13:06:53 GMT 2026

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट रिहा भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तको उजुरीका आधारमा शनिबार बिहान साइबर ब्युरो लगिएका श्रेष्ठ दुवै पक्षबीच छलफल भएपछि रिहा भएका हुन्।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो। उनीहरूबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएपछि श्रेष्ठलाई जान दिइएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)