मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारपछिको सेयर बजार : नेप्से र कारोबार रकम दुवै सामान्य घट्यो

nayapatrikadaily.com · Tue Nov 09 00:55:00 GMT 2021

तिहारपछि सेयर बजारको पहिलो कारोबार दिनमा सामान्य अंकले गिरावट आएको छ । सोमबार नेप्से १९ दशमलव २० अंकले घटेर दुई हजार आठ सय २९ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ७१ अंकले घटेर पाँच सय २८ दशमलव २७ बिन्दुमा आइपुगेको छ । यतिवेला बैंकहरूले सेयर लगानीकर्तालाई मागअनुसारको सेयर कर्जा उपलब्ध गराउन नसकेको प्रभाव बजारमा देखापरेको हो ।

बैंक वित्तीय संस्थामा निक्षेप बढ्न नसक्दा बैंक प्रणालीमा तरलताको अभाव भइरहेको छ । बैंक वित्तीय संस्थाले तरलता सहज भएको अवस्थामा जथाभावी कर्जा वितरण गर्दा समस्या देखिएको भन्दै नेपाल राष्ट्र बैंक थप कर्जा विस्तार हुन नदिने नीतिमा रहेको छ । तरलता पनि सहज नबनाउने र कर्जाको ब्याजदर पनि धेरै बढ्न नदिने नीति नेपाल राष्ट्र बैंकको छ । एकातर्फ मंसिर महिनाका लागि प्रकाशित हुने नयाँ ब्याजदरमा कर्जाको ब्याजदरसमेत बढ्ने हल्ला रहेकाले लगानीकर्तामा ब्याजदर वृद्धि हुने हो कि भन्ने थप चिन्ता देखिएको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)