मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोहलीको शतकमा बैंग्लोर विजयी

onlinekhabar.com · Thu May 18 23:55:28 GMT 2023

५ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विराट कोहलीले शानदार शतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोर ८ विकेटले विजयी भएको छ । बिहीबार रातिको खेलमा सनराइजर्स हैदरावादले दिएको १८७ रनको लक्ष्य बैंग्लोरले १९.२ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

बैंग्लोरको जितमा कोहली र फाफ डु प्लेसीले १७२ रनको साझेदारी गरे । कोहलीले ६३ बलमा एक सय रन बनाए भने फाफ डुप्लेसीले ४७ बलमा ७१ रन योगदान गरे । उनीहरु १८ औं ओभरसम्म टिकीरहे । ग्लेन म्याक्सवेल ५ र माइकल ब्रेसवेल ४ रनमा नटआउट रहे ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)