कोभिडविरुद्धको निःशुल्क खोप दिने कोभ्याक्स परियोजना बन्द हुँदै
nayapatrikadaily.com · Fri Dec 09 00:11:00 GMT 2022
विकासोन्मुख देशहरूमा कोभिड महामारी नियन्त्रणका लागि नि:शुल्क खोप दिने कोभ्याक्स परियोजना बन्द गर्ने तयारी भएको छ । गाभी बोर्ड र अन्तर्राष्ट्रिय खोप एजेन्सीले खोपको माग घट्दै गएका कारण कोभ्याक्स परियोजना बन्द गर्ने निर्णय गरेको गाभीले जनाएको छ ।
कोभ्याक्स कार्यक्रमले अत्यन्तै चुनौतीपूर्ण परिस्थितिमा विकासोन्मुख देशहरूमा एक अर्ब ७० करोड डोज खोप अनुदानमा दिएको थियो । खासगरी धनी राष्ट्रहरूको पहुँचमा मात्रै रहेको खोपलाई गरिब राष्ट्रहरूमा समेत पुर्याएर महामारी नियन्त्रणमा भूमिका खेलेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)