ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ratopati.com · Thu Jan 15 17:40:00 GMT 2026

हुम्ला । जिल्लामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिका वडा नम्बर २ स्थित ठुला खोला भन्ने ठाउँमा भे २ त २०५५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सुम्ला घर भएका अन्दाजी ३० वर्षीय नगेस रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।
उनका अनुसार बिहीबार साँझ साढे ५ बजेको समयमा गल्फागाड श्रीनगर सडक खण्डका लागि ढुङ्गा ओसार्ने क्रममा ठूलाखोलामा सडकबाट करिब एक सय मिटर तल ट्रयाक्टर खसेर दुर्घटना भएको हो । घटनाको वास्तविक कारण भने अनुसन्धान भइरहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)