साइबर ब्यूरोको नियन्त्रणबाट रिहा भए पत्रकार किशोर श्रेष्ठ
lokaantar.com

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ छुटेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोमा दुई पक्षबीच भएको छलफलपछि पत्रकार श्रेष्ठ रिहा भएका हुन् ।
प्रहरी स्रोतका अनुसार श्रेष्ठ र पन्तबीच भविष्यमा एकअर्काविरुद्ध व्यक्तिगत रूपमा नलाग्ने सहमति भएको छ । समाचार प्रकाशनको विषयलाई लिएर सामाजिक सञ्जालमा वाक युद्ध हुँदै एकअर्काविरुद्ध कानूनी लडाइँमा उत्रिएका श्रेष्ठ र पन्तबीच शनिबार साइबर ब्यूरोमा मित्रापत्र भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)