५ हजार पर्ने रेम्डेसिभिर ५० हजारमा कालोबजारी
annapurnapost.com · Fri May 14 06:37:00 GMT 2021
काठमाडौं : रेम्डेसिभिर औषधिको औसत सरकारी मूल्य प्रतिभाइल ५ हजार रुपैयाँ पर्छ। तर, यसको कालोबजारी भई ५० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको छ। यो औषधि कोभिड–१९ बाट संक्रमितको उपचारमा आपतकालीन अवस्थामा चिकित्सकको प्रत्यक्ष निर्देशनमा मात्रै प्रयोग हुँदै आएको छ।
कालोबजारीमा पनि गोप्य रूपमा विभिन्न प्रकारको च्यानल मिलाएर मात्रै किन्न पाइएको एक सेवाग्राहीले बताए। यसमा कोभिड अस्पताल र बाहिरका औषधि पसलको संलग्नता पाइएको ती व्यक्तिको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)