प्रेस काउन्सिल जाने सहमतिपछि पत्रकार किशोर श्रेष्ठ रिहा
barnanmedia.com · Sat Oct 17 13:38:19 GMT 2026

समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा जाने सहमति भएपछि साइबर ब्युरो लगिएका 'जनआस्था' साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ रिहा भएका छन् ।
जनआस्था अनलाइनका सम्पादक राजेन्द्र रिमालका अनुसार छलफलका क्रममा समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमा जाने विषयमा पन्त र साइबर ब्युरो सहमत भएका हुन् । ‘छलफलपछि उहाँ रिहा हुनुभयो, घर जाँदै हुनुहुन्छ,’ रिमालले भने, ‘समाचारमा चित्त नबुझेको भए प्रेस काउन्सिल जानका लागि साइबर ब्युरो र हिमेश सहमत भए ।' साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले पनि उनीहरूबीच सहमति भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)