सेना सवार बस दुर्घटना, २४ सैनिकसहित २६ जना घाइते
gorkhapatraonline.com · Wed Feb 18 18:08:34 GMT 2026

भोजपुरमा निर्वाचनका लागि खटिएको नेपाली सेनाको टोली सवार रहेको बस दुर्घटना हुँदा २४ जना सैनिकसहित २६ जना घाइते भएका छन् । दुर्घटनामा पर्नेमा दुईजना चालक र सहचालक रहेका छन् ।
बुधबार दिउँसो भोजपुर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा बस दुर्घटना भएको सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीले जनाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुर नगरपालिकाबाट टेम्केमैयुङ गाउँपालिकामा अस्थायी बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको हेडक्वाटरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)