मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

इसाराको सहारा

ekantipur.com · Fri Jul 01 00:55:04 GMT 2022

पोखरा — परिवारका १२ जनामध्ये बोल्न र सुन्न सक्ने भनेका १० वर्षीय अञ्जल उपाध्याय मात्रै हुन् । उनलाई पनि परिवारका अन्य सदस्यको प्रभावले सांकेतिक भाषा प्रयोगमा बानी परिसकेको छ । किनकि अरू ११ जना नै इसाराले कुरा गर्छन् । बुबा, आमा, ३ दाइ, ३ दिदी, एक बहिनी, माइला बुबा र कान्छा बुबामा सुस्तश्रवणको समस्या छ ।

बुबा ४९ वर्षीय टेकबहादुर, आमा ४९ वर्षीया खुसीमाया, दिदीहरू २९ वर्षीया मनिता, २५ वर्षीया विनिता, १५ वर्षीया सरिता, दाइहरू २२ वर्षीय सन्तोष, १३ वर्षीय विशाल, १२ वर्षीय प्रदीप र बहिनी ९ वर्षीया मिनिता बोल्न र सुन्न सक्दैनन् । माइला बुबा शेरबहादुर र काका गोविन्दमा पनि श्रवण अशक्तता छ । परिवारमा अञ्जल र दिदी २३ वर्षीया जमुनाले मात्रै प्रस्ट बोल्न र सुन्न सक्छन् । ठूली मनिता र साइली जमुनाको बिहे भइसकेको छ । घान्द्रुकबाट अन्नपूर्ण आधार शिविर जाने पदमार्ग कास्कीको अन्नपूर्ण–११ कत्रुमा छ उपाध्याय परिवारको घर । उनीहरूले खुद्रा पसल चलाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)