मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विश्वासको सम्मान

nayapatrikadaily.com · Tue Jun 20 00:29:00 GMT 2023

एक डाँकु साधुको भेषमा रहन्थे । उनी धनीको धन सम्पत्ति लुटेर गरिबलाई बाँड्ने गर्थे । एक दिन केही व्यापारीको समूह तिनै साधु भेषधारी डाँकुको बसोवास क्षेत्रबाट कतै जाँदै थियो । सबै व्यापारीलाई डाँकुको समूहले घेर्‍यो । डाँकुको आँखा छलेर एक व्यापारी पैसाको थैलो बोकेर नजिकै रहेको एक साधुको कुटीमा पुगे । त्यहाँ एक साधु धुनीअगाडि आँखा चिम्लेर माला जपिरहेका थिए । व्यापारीले त्यो थैलो साधुलाई दिए । साधुले ढुक्क हुने आश्वासन दिए ।

डाँकुहरू गइसकेपछि ती व्यापारी आफ्नो थैलो लिन पुनः कुटीमा पुगे । त्यहाँको दृश्य देखेर उनी तीनछक परे । ती ‘साधु’ त डाँकुहरूको टोलीलाई लुटको धन बाँडिरहेका पो थिए । यो सब देखिसकेपछि व्यापारी निरास भएर फर्किए । उनी चुपचाप फर्किएको देखेर ती साधुले प्रश्न गरे– किन रित्तो हात फर्किंदै छौ ? आफ्नो धन लानुपर्दैन ?

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)