पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग, यातायात सुचारु
barnanmedia.com · Sun Aug 16 01:11:38 GMT 2026

काठमाडौै । पृथ्वी राजमार्गको चितवन इच्छाकामना गाउँपालिका-५ कुरिनटार नजिक सिमलधारामा पहिरोले शनिबार रातिदेखि अवरुद्ध भएको बाटो खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै बाटो पूर्ण रुपमा खुलेको र अहिले सवारी साधन दोहोरो सञ्चालनमा आएको जानकारी दिएको छ । चितवन प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चन्द्र भुसन यादवले बबिहान ६ बजेर १५ मिनेटदेखि नारायणगढ–काठमाडौं जाने र आउने सवारी साधनहरुको आवागमन पूर्ण रुपमा खुलेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)