मुसहरलाई घर
ekantipur.com · Sat Aug 27 01:05:54 GMT 2022
चितवन — ममता मुसहर मक्ख थिइन् । जातीय पोसाक लगाएर नाच्न ठिक्क परेकी थिइन् । ‘पहिला खरको छानो भएको कच्ची घर थियो । पछि जस्ताले छाएको गारो लगाएको घर पाए पनि परिवारका सबैले खाने–बस्ने र सुत्ने एउटै कोठामा गर्नु पर्थ्यो,’ उनले भनिन्, ‘अहिले घरै अग्लो छ । सुत्ने कोठा र भान्सा अलग छ । भान्सामा धूवाँ नआउने चुलो भएकाले कोठा पनि खराब हुँदैन होला ।’
लामो समयदेखि रत्ननगर–७ मा मुसहर समुदाय बसोबास गर्दै आएका थिए । सानो ठाउँमा गजुमुज्ज परेका झुप्रा हालेर बसेका उनीहरूका लागि शुक्रबार बिहान छुट्टै चहलपहल थियो । चिटिक्कका घर तयार थिए । ती घर हस्तान्तरण गर्न वाग्मती प्रदेशका आन्तरिक व्यवस्था तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल आएका थिए । ममता र उनका साथीहरूका एउटा टोली स्वागत र साँस्कृतिक कार्यक्रम पस्कन जुटेको थियो । मज्जाको घर पाएकोमा सबै मक्ख देखिन्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)