आफ्ना तीन पाइलट रिहा गर्न इरानको माग
kendrabindu.com · Sun Aug 16 01:31:32 GMT 2026

काठमाडौं । कतारले आफ्ना तीन पाइलटलाई नियन्त्रणमा लिएको भन्दै उनीहरूलाई रिहा गर्न इरानले माग गरेको छ । इरान र अमेरिकाबीच युद्ध सुरु भएको सुरुआती चरणमा सैन्य अभियानका क्रममा हवाई रक्षा प्रणालीबाट दुईवटा लडाकु विमान खसालेपछि कतारले आफ्ना तीन पाइलटलाई नियन्त्रणमा लिएको भन्दै इरानले उनीहरूको रिहाइको माग गरेको हो ।
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का प्रमुखलाई लेखेको पत्रमा इरानका ब्रिगेडियर जनरल मोहम्मद बागेरजादेहले पाइलटहरू जवाद सालेही, अब्दुल माजिद दश्तियान र इमरान बेहरौसियनलाई कतारले ६ महिनादेखि बन्दी बनाएर राखेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)