मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल-बेलायत सैन्य सम्बन्ध : कूटनीतिक, रणनीतिक हुँदै विकास साझेदारीसम्म

himalpress.com · Sat Oct 17 15:00:34 GMT 2026

प्रधानसेनापति अशोकराज सिग्देलको हालै सम्पन्न बेलायत भ्रमणपछि दुई शताब्दीभन्दा पुरानो नेपाल-बेलायत सैन्य सम्बन्धबारे फेरि चर्चा हुन थालेको छ। साथै बेलायतका लागि नेपाली राजदूतमा गौरवशमशेर राणाको सिफारिसले पनि सैन्य पृष्ठभूमि भएका व्यक्तिको कूटनीतिक भूमिकाबारे बहस जन्माएको छ। राणा पूर्वप्रधानसेनापति हुन्। सैन्य नेतृत्वमा पुग्ने क्रममा रहेका अधिकारीहरू पनि बेलायतमा सैन्य तालिम लिएका छन्। यसले सैन्य सम्बन्ध र कूटनीतिक सम्पर्कबीचको सम्बन्धलाई फेरि ध्यानाकर्षण गराएको हो।

नेपालको बेलायतस्थित दूतावास सन् १९३४ मा स्थापना भएपछि हालसम्म २३ जना राजतूत भइसकेका छन्। सुरुदेखि लगातार छ जना राणा परिवारका राजदूत बनेका थिए। बेलायतका लागि नेपालका पहिलो राजदूत बहादुरशमशेर जबरा थिए। त्यसपछि क्रमश: कृष्णशमशेर जबरा, सिंहशमशेर जबरा, केशरशमशेर जबरा, शंकरशमशेर जबरा र दमनशमशेर जबराले बेलायतका लागि नेपालको प्रतिनिधित्व गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)