मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

४० मेगावाट विद्युत् किन्ने प्रस्ताव बंगलादेशको सरकारबाट स्वीकृत

nayapatrikadaily.com · Fri Dec 08 00:28:00 GMT 2023

बंगलादेशको सरकारले नेपालबाट ४० मेगाावाट विद्युत् किन्ने प्रस्ताव स्वीकृत गरेको छ । भारतीय प्रसारणलाइन प्रयोग गरेर नेपालबाट सोबराबरको विद्युत् किन्ने निर्णय बंगलादेशले गरेको हो ।

बुधबार सम्पन्न बंगलादेशको आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद्ले नेपालबाट विद्युत् किन्ने प्रस्ताव स्वीकृत गरेको त्यहाँको न्यु एज बिजनेसमा समाचार छ । प्रत्यक्ष खरिद प्रक्रियाबाट नेपालबाट विद्युत् किन्ने गरी मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । बैठकको अध्यक्षता त्यहाँका अर्थमन्त्री आह्म मुस्तफा कमलले गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)