रेडियो नेपालको खुमलटार जग्गा बेच्ने निर्णयको विरोधमा स्थानीय
ekantipur.com · Sat Jul 22 16:46:50 GMT 2023
काठमाडौँ — सरकारले खुलटारस्थित रेडियो नेपालको जग्गा बिक्रीका लागि प्रक्रिया सुरु गरेपछि स्थानीय आन्दोलित बनेका छन् । उनीहरुले जुन उद्देश्यका लागि अधिग्रहण गरिएको हो, त्यसका लागि प्रयोग नगर्ने हो भने जग्गा फिर्ता गर्नुपर्ने र नभए सार्वजनिक खुलास्थलका रूपमा छाडिनुपर्ने माग गरेका छन् ।
सरकारले आफूहरुको मागलाई बेवास्ता गर्दै जग्गा बिक्री प्रक्रिया अगाडि बढाए विरोधका कार्यक्रमलाई सशक्त बनाउँदै लैजाने उनीहरुको चेतावनी छ । सरकारले ०३८ सालमा रेडियो नेपालको टावर राख्न भन्दै स्थानीयबाट जग्गा अधिग्रहण गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)