बडादसैँ सद्भाव, भ्रातृत्व र सामाजिक एकताको सङ्गम होः मुख्यमन्त्री शाही
barnanmedia.com · Sat Oct 17 15:14:33 GMT 2026

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले नेपालीको महान् चाड बडादसैँ सद्भाव, भ्रातृत्व र सामाजिक एकताको सङ्गम भएको बताउनुभएको छ ।
आश्विन शुक्ल सप्तमी अर्थात् बडादसैँ २०८३ को विशेष दिनका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका आमनेपाली तथा कर्णालीवासीलाई सुख, शान्ति र समृद्धिसहितको आज शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले राष्ट्रिय पर्वका रूपमा मनाइँदै आएको बडादसैँ राष्ट्र, राष्ट्रियता र मुलुकको स्वाभिमान, पहिचान एवं अस्तित्वको रक्षा गर्ने मौलिक परम्परा भएको बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)