पेस्तोल बोकेर ड्रग्स तस्करको छापा मार्न मन्त्री नै निस्किएपछि...
ratopati.com · Sat Oct 17 15:29:17 GMT 2026

ढाका । बंगलादेशका एक राज्यमन्त्री हातमा पेस्तोल बोकेर लागुऔषधविरुद्धको कारबाहीमा आफैँ सडकमा उत्रिएपछि विवादमा तानिएका छन् ।
राजधानी ढाकास्थित गेन्दारिया क्षेत्रमा मन्त्री इशराक हुसेन आफ्ना समर्थकहरूसहित पेस्तोल भिरेर बस्तीमा छापा मार्दै हिँडेको भिडियो सार्वजनिक भएपछि उनको चर्को आलोचना भइरहेको छ । शनिबार भएको उक्त घटनामा मन्त्री हुसेन र उनका सहयोगीहरूले स्थानीय बस्तीमा पुगेर लागुऔषध कारोबारी रहेको आशंकामा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिनुका साथै त्रिपालका टहराहरू भत्काएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)