मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय

nepallive.com · Sat Oct 17 15:45:00 GMT 2026

ललितपुर- भोटेकोशी रसुवा बाढीबाट प्रभावित रसुवाको हाकुबेसी आधारभूत विद्यालयका ६७ जना बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ललितपुरमा आवासीय सुविधासहितको अस्थायी विद्यालय सञ्चालनमा ल्याउने भएको छ। बाढीका कारण नियमित पठनपाठन अवरुद्ध भएपछि विस्थापित बालबालिकाको शिक्षा, आवास, स्वास्थ्य, दैनिक हेरचाह र संरक्षण सुनिश्चित गर्न मन्त्रालयको पहलमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

यससम्बन्धी कार्यक्रम सञ्चालनका लागि शुक्रबार मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्री सिता बादीको उपस्थितिमा सम्पन्न समझदारीअनुसार २०८३ सालको कात्तिकदेखि चैत मसान्तसम्म ललितपुरको गोदावरी नगरपालिकाभित्र अस्थायी विद्यालय सञ्चालन गरिनेछ। विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत ६७ जना बालबालिकाको नियमित पठनपाठनसँगै आवास, खानपान, स्वास्थ्य उपचार, दैनिक हेरचाह र सुरक्षाको व्यवस्था गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)