मधेसमा सत्ता समीकरण फेरिने संकेत, निर्णायक भूमिकामा जसपा र जनमत
saralpatrika.com · Sat Oct 17 15:49:53 GMT 2026

काठमाडौँ। सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मधेस प्रदेशको सत्ता राजनीति फेरि तरङ्गित भएको छ। नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि अब सरकारको निरन्तरता वा नयाँ सत्ता समीकरण भन्ने प्रश्न पेचिलो बनेको छ।
एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादवमाथि विश्वासको मत जुटाउने दबाब बढेको छ। अर्कोतर्फ, नयाँ सरकार गठनको सम्भावनाबारे पनि राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। अबको सत्ता समीकरणमा मधेसकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीको भूमिका निर्णायक हुने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)