मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पालिकामा जनप्रतिनिधि चयनको लागि आज मतदान : ३५ हजार २२१ पदको लागि एक लाख ४५ हजार उम्मेदवार

Ujyaaloonline.com · Thu May 12 23:29:23 GMT 2022

काठमाण्डाै - देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि आज मतदान हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म आफ्नो नाम भएको मतदान केन्द्रमा गएर मतदान गर्न पाइनेछ । मतदान ७ बजे सुरु हुने भए पनि धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाता पुग्ने क्रम सुरु भइसकेको छ ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि आज चुनाव हुन लागेको हो । चुनावमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेकामा पुरुष मतदाताको सङ्ख्या ८९ लाख ९२ हजार १० र महिला मतदाताको सङ्ख्या भने ८७ लाख ४१ हजार ५३० छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)