अस्थायी मर्मतपछि दसैँका लागि बागलुङका सडक सञ्चालनमा
nepalnews.com · Sat Oct 17 15:58:24 GMT 2026

बागलुङ । बाढीपहिरोले क्षति पुर्याएका बागलुङका राष्ट्रिय राजमार्ग र ग्रामीण सडकहरू अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन्। यसले दसैँ मनाउन घर फर्किने यात्रुहरूलाई सहज बनाएको छ। असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र बागलुङ-बेनी सडक लगायतका पूर्वाधारमा ठूलो क्षति पुगेको थियो।
सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार मालढुङ्गा पुलको पहुँचमार्ग, मध्यपहाडी लोकमार्गको गलकोट र निसीखोला खण्ड मर्मतपछि यातायात पुनः सुचारु भएको छ। मालढुङ्गा पुलको पहुँचमार्ग १५ दिन र गलकोट-ताराखोला सडक १७ दिनपछि सञ्चालनमा आएका हुन्। निसीखोलाको कानाबगर र झिवाखोला क्षेत्रमा करिब ४०० मिटर सडक बगाएको स्थानमा डाइभर्सन निर्माण गरिएको छ। सडक डिभिजन कार्यालय अन्तर्गतका सडकमा मात्रै करिब रु. ३० करोडको क्षति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)