विराटनगर किंग्सको मुख्य प्रायोजकमा एक्सट्रिम इनर्जी
kendrabindu.com · Sun Aug 16 02:51:39 GMT 2026
काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज विराटनगर किंग्ससँग मुख्य प्रायोजकका रूपमा सम्झौता गरेको छ । यो सम्झौतापछि विराटनगरले टोलीको जर्सीलगायत विभिन्न प्रमुख स्थानमा एक्सट्रिमको लोगो प्रयोग गर्नेछ ।
एक्सट्रिमसँगको सहकार्यले टोलीको व्यावसायिक तथा खेलकुद यात्रालाई थप मजबुत बनाउने विरानगरको विश्वास छ। यससँगै एक्सट्रिम एनपीएलको तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सबाहेक अन्य साता टोलीको मुख्य प्रायोजक बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)