मनीष थाइल्यान्डको लिग खेल्ने दोस्रो नेपाली खेलाडी
nayapatrikadaily.com · Tue Aug 01 00:28:00 GMT 2023
राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर मनीष डाँगी थाइल्यान्डको दोस्रो श्रेणीको क्लबमा आबद्ध हुने दोस्रो नेपाली खेलाडी बनेका छन् । थाइल्यान्डको दोस्रो डिभिजन क्लब रायोङ फुटबल क्लबले सोमबार सोसल मिडियाबाट नेपालका खेलाडी मनीषसँग एक वर्षको सम्झौता गरेको जनाएको छ । मनीष र रायोङबीच अघिल्लो साता नै सम्झौता भएको थियो । तर, क्लबले सोमबार मात्रै मनीषलाई अनुबन्ध गरेको जानकारी दिएको हो । अघिल्लोपटक मनीष बहराइनको लिगमा अनुबन्धित थिए । अल रिफ क्लबमा उनले केही खेलमा मौका पाए ।
थाई लिग खेल्ने पहिलो नेपाली खेलाडी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा गोलकिपर उपेन्द्रमान सिंह हुन् । उनले सन् १९९४ मा दोस्रो डिभिजन च्याम्पियन सिंघा थाईबाट प्रतिस्पर्धा गरेका थिए । सिंहले प्रतिस्पर्धा गरेको वर्ष नै क्लब दोस्रो डिभिजन च्याम्पियन भयो र सोही वर्ष रेलिगेसनमा पर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)