लुम्बिनी कर्पोरेट क्रिकेटको उपाधि एके ग्राफिक्सलाई
neplays.com
एके ग्राफिक्स, भैरहवा लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ। लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो नवौँ स्थापना दिवसको अवसर पारेर आयोजना गरेको प्रतियोगिताको मङ्गलवार भएको फाइनल खेलमा न्यु सिटिपि प्वाइन्ट, बुटवललाई २ विकेटले पराजित गर्दै एके ग्राफिक्सले उपाधि हात पार्न सफल भएको हो।
उपाधिसँगै एके ग्राफिक्सले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उप विजेतामा चित्त बुझाएको न्यु सिटिपि प्वाइन्टले नगद १३ हजार र ट्रफी हात पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)