मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मोबाइल फोनमा झुण्डिरहने बानीले बढाउदै छ डिप्रेसन र चिन्ता

kendrabindu.com · Sun Aug 16 03:09:07 GMT 2026

काठमाडौं ।किशोरावस्थामा पर्याप्त निद्राको खाँचो हुन्छ । तर, मोबाइल फोनमा झुण्डिरहने बानीले किशोर–किशोरीहरूमा ढिलो सुत्ने बानी विकास गरिरहेको छ । नयाँ अध्यननअनुसार संयुक्त राज्य अमेरिकाका आधाभन्दा बढी किशोर–किशोरीहरू राति १० बजेदेखि बिहान ६ बजेको अवधिमा एक घण्टा वा सोभन्दा बढी समय आफ्नो फोनमा बिताउँछन् । जबकि, अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनले किशोर–किशोरीहरूलाई हरेक रात ८ देखि १० घण्टा सुत्न सिफारिस गरेका छन् ।

युनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्कोका बालरोग विज्ञानका सह–प्राध्यापक र अध्ययनका प्रमुख लेखक जेसन एम. नागाटाले अध्ययनमा सहभागी आधाभन्दा बढी किशोर–किशोरीहरूले मध्यरातमा (१२ बजेदेखि ४ बजे) अवधिमा फोनको प्रयोग गरिरहेको पाइएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)