मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली भेट्न गुण्डु पुगे जसपा अध्यक्ष उपेन्द्र यादव

ratopati.com · Sat Oct 17 16:39:50 GMT 2026

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मधेस प्रदेशमा सरकारको दाबी गर्दै अध्यक्ष यादवले शनिबार भक्तपुरको गुण्डुस्थित ओली निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।

मधेस प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि जसपा नेपालका अध्यक्ष यादवको राजनीतिक दौडधुप बाक्लिएको छ। मधेस प्रदेश सभामा जसपा नेपाल सबैभन्दा ठुलो दल हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)