मधेश सरकारबाट एमाले बाहिरियो, तीन दल प्रवेशको पर्खाईमा
onlinekhabar.com · Tue Apr 04 16:15:52 GMT 2023
२२ चैत, जनकपुरधाम । मधेश सरकारबाट प्रदेशसभाको सबभन्दा ठूलो नेकपा एमाले बाहिरिएको छ । एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् ।
भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला बालबालिका युवा तथा खेलकुदमन्त्री मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले पदबाट राजीनामा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)