युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
barnanmedia.com · Wed Feb 18 21:25:00 GMT 2026

मस्को र किएभका दूतहरूले बुधबार जेनेभामा अमेरिकी मध्यस्थतामा लगातार दोस्रो दिनको वार्ता जारी राखेर चार वर्षअघि सुरु भएको युद्धपछि उत्पन्न राजनीतिक र सैन्य मतभेदहरूको समाधान खोज्ने प्रयास गरेका छन् । अधिकारीहरूका अनुसार दुवै पक्षले राजनीतिक र सैन्य मार्गदर्शनका विषयमा कार्य समूहमार्फत परामर्श गर्दै छन् र हिजो छलफल गरिएका निर्णयका मापदण्ड र कार्यान्वयनको स्पष्टता सुनिश्चित गर्न प्रयास भइरहेको छ ।
स्विट्जरल्यान्डमा जारी वार्ता अमेरिकाद्वारा आयोजित प्रत्यक्ष वार्ताको तेस्रो चरण हो । यसअघि यसै वर्ष अबु धाबीमा भएको बैठक रचनात्मक भए तापनि सफल हुन सकेको थिएन । अमेरिकी प्रतिनिधि स्टिभ विटकफले सामाजिक सञ्जालमा गत वर्ष युक्रेनमा शान्तिका लागि वासिङ्टनले गरेको दबाबले ‘अर्थपूर्ण प्रगति’ ल्याएको बताउनुभयो तर लडाइँ जारी रहेको पुष्टि पनि गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)