डिजिटल युगमा हराउँदै हस्तनिर्मित नागचित्र (तस्बिरहरू)
ratopati.com · Sun Aug 16 04:04:11 GMT 2026

भक्तपुर । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी नजिकिँदै गर्दा भक्तपुरको याँछेस्थित नवदुर्गाको थछेंमा चहलपहल बढेको छ। बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टर सजिलै पाइने समय भए पनि ७३ वर्षीया चेतकुमारी चित्रकार भने आफ्नै हातले तयार पारेका रङले नागका परम्परागत चित्र सजाउन व्यस्त छिन्।
उनका हातमा कुची चलिरहेको छ। अगाडि नागको चित्र छ। छेउमा उनले आफैँ तयार पारेका परम्परागत रङ छन्। डिजिटल प्रविधिले चित्र बनाउने र छाप्ने कामलाई केही क्षणमै सम्भव बनाइदिएको समयमा चेतकुमारीका लागि भने एउटा चित्र तयार गर्नु केवल कला सिर्जना गर्नु होइन, पुस्तौँदेखि चलिआएको संस्कृति र परम्परालाई निरन्तरता दिनु हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)