‘डब्लूएचओले अनुमति दिनासाथ बुस्टर डोज’
ekantipur.com · Thu Dec 23 00:47:28 GMT 2021
काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अनुमति दिए पुस अन्तिमबाट कोभिडविरुद्धको बुस्टर डोज लगाउने प्रक्रिया थाल्ने सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन् ।
‘डब्लूएचओले अनुमति दिनासाथ केही समयमै अर्थात् पुसको अन्तिमतिर बुस्टर डोज लगाउने प्रक्रिया सुरु गर्छौं,’ मन्त्री खतिवडाले भने । पहिलो चरणमा फ्रन्टलाइनमा बसेका स्वास्थ्यकर्मी, सुरक्षा निकाय, कर्मचारी र त्यसपछि क्रमशः वृद्घवृद्घा र बालबालिकालाई बुस्टर डोज दिइने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)