नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल निर्विरोध निर्वाचित
kalakarmi.com · Tue Jun 09 09:47:26 GMT 2026

काठमाडौं- नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेका कम्पनीहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष मनोहर दास मुल निर्विरोध निर्वाचित भएको छन् ।
संघको २०८३ साल जेठ २५ गते सम्पन्न नवौं र दशौं वार्षिक साधारण सभाबाट उनी अध्यक्षपदमा निर्विरोध निर्वाचित भएको हुन् ।यसअघि उनले संघमा उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए । अध्यक्ष पदको कार्यकाल आगामी २ वर्षको हुनेछ । नव गठित अध्यक्षमा श्री मनोहर दास मुल, (अध्यक्ष, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड), उपाध्याक्ष, श्री आजाद श्रेष्ठ, (अध्यक्ष, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड), महासचिव, श्री महेन्द्रकृष्ण श्रेष्ठ, (अध्यक्ष, हिमालयन एभरेष्ट इन्स्योरेन्स) कोषध्यक्षमा श्री रमेश कुमार निरौला (अध्यक्ष, नेको इन्स्योरेन्स), सदस्यहरुमा श्री कुनाल कयाल (अध्यक्ष, सानिमा जिआईसी इन्स्योरेन्स), श्री पवन अग्रवाल, (सञ्चाकल, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) नियुक्त भएको छन् । त्यसैगरी,सभाले निवर्तमान अध्यक्ष श्री राजेन्द्र मल्लको योगदानको कदर गर्दै उनलाई कार्यसमितिमा आमन्त्रण गर्ने निर्णय समेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)