मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारत र जापानबीच चीनबारे छलफल

ratopati.com

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच शनिबार चीनसँग सम्बन्धित विषयमा वार्ता भएको छ । समाचार एजेन्सी एएनआईले भारतीय विदेश सचिव हर्ष श्रृंगला​लाई उद्धृत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले जापानी प्रधानमन्त्रीलाई लद्दाखको वर्तमान अवस्थाबारे जानकारी गराएको बताएको छ ।

मोदी र जापानी प्रधानमन्त्रीबीच युक्रेनको पछिल्लो अवस्थाबारे पनि छलफल भएको थियो । दुबैले युक्रेनमा आणविक संयन्त्रको सुरक्षाको महत्त्वलाई जोड दिए । दुवैले युक्रेन र रुसबीचको हिंसा तत्काल बन्द गर्नुपर्ने बताए । युक्रेन समस्या समाधानका लागि वार्ताको विकल्प नरहेको उनीहरुको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)