मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधानको मर्मबमोजिम शासन व्यवस्था सञ्चालनमा ध्यान दिनुपर्नेमा उपाध्यक्ष घिमिरेको जोड

barnanmedia.com · Wed Feb 18 22:29:56 GMT 2026

काठमाडौँ, ७ फागुनः राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले प्रजातन्त्र दिवस–२०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवम् दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र दिवसले त्यस कार्यमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको हो ।

उपाध्यक्ष घिमिरेले नागरिकका आधारभूत मौलिक हक तथा मानव अधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायिक वितरण गर्नतर्फ हाम्रो ध्यान जानु जरुरी उल्लेख गर्नुभएको छ । उहाँले प्रजातन्त्रमा नागरिकले निर्वाचनमार्फत आफ्ना अभिमत व्यक्त गर्ने भएकाले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट देशले अझै सुदृढ लोकतन्त्र र जनताको जनजीविकाको सवालमा खरो उत्रन सक्ने नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)