मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनी शरणार्थी थप एक वर्ष युरोपमा बस्न पाउने

lokaantar.com · Thu Sep 28 23:58:26 GMT 2023

युरोपेली सङ्घ (इयु)ले युक्रेनका शरणार्थीलाई इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ । आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेपछि पलायन भएका उनीहरूलाई सदस्य मुलुकमा आवासको अधिकार दिइएको हो । यो व्यवस्थाले करिब चार लाख युक्रेनी शरणार्थीलाई युरोप बसाई सहज भएको छ ।

इयुले युक्रेनी जनतालाई सहयोग गर्ने स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले बताएका छन् । स्पेन इयुको वर्तमान अध्यक्ष हो । इयुको अध्यक्षता चक्रीय प्रणालीअनुसार सञ्चालन हुने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)