मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रवासी नेपालीको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेसको नयाँ नेतृत्वलाई आरके शर्माको आग्रह

ratopati.com · Sat Oct 17 18:30:52 GMT 2026

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले नेपाली कांग्रेसको महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा, वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्मालगायत नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

बधाई सन्देश दिँदै शर्माले पार्टीको नीति निर्माण तथा राष्ट्रिय निर्णय प्रक्रियामा प्रवासी नेपालीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा विशेष जोड दिएका छन् । उनले लामो समयदेखि प्रवासमा क्रियाशील भ्रातृ सङ्गठनका प्रतिनिधिहरूलाई पार्टीको केन्द्रीय सदस्यलगायत विभिन्न नेतृत्वदायी तहमा अनिवार्य प्रतिनिधित्व र आरक्षणको व्यवस्था हुनुपर्ने आवाज उठाउँदै आएको स्मरण गर्दै, सो विषयलाई सम्बोधन गर्ने प्रयासप्रति आभारसमेत व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)