४६ प्रतिशतले बढ्यो नेपाल बैंकको नाफा, इपीएस कति ?
arthasansar.com · Sun Aug 16 05:34:39 GMT 2026

नेपाल बैंक लिमिटेडको नाफामा उच्च वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२÷८३ मा वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।
बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ४६.२० प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ३ अर्ब ७ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद ब्याज आम्दानीमा भने सामान्य गिरावट आएको छ । अघिल्लो वर्ष १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा १० अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ । जुन १.०४ प्रतिशतले कम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)