न्युक्यासलमाथि एस्टन भिल्लाको साँघुरो जित
ratopati.com · Sat Oct 17 18:47:54 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा एस्टन भिल्लाले न्युक्यासल युनाइटेडमाथि १–० गोलको साँघुरो जित दर्ता गरेको छ ।
एस्टन भिल्लालाई जित दिलाउन जोहान मान्जाम्बीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले खेलको ३६ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि घरेलु टोली न्युक्यासलले बराबरी गोल फर्काउन नसक्दा र भिल्लाले पनि थप गोल गर्न नसक्दा मान्जाम्बीको गोल नै निर्णायक साबित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)